जीतपुरसिमरा १८ को प्रशासनिक भवनको उद्घाटन

ए वान डेस्क
१० बैशाख २०८१, सोमबार ०९:३३

ए वान डेस्क \

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ । करिव ६३ लाखको लागतमा निर्माण भएको प्रशासनकि भवनको जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियोे ।

उद्घाटन कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले प्रभावकारी सेवाप प्रदान गर्न आग्रह गर्नुभयो । प्रमुख प्रशासकिय अधिकृत शिवजी प्रसादले वडा प्रशासनिक भवन अत्यावश्यक रहेको बताउनुभयो ।

स्तनपान कक्ष सहित अपाङ्गमैत्री वडाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमकाबिच वडाको विकासमा योगदान गरेका आधा दर्जन ब्यक्तिहरुलाई सम्माान पनि गरिएको थियो । पूर्व वडा अध्यक्ष अर्जुन प्रसाद दाहाल, स्थानिय महिला स्वयंसेविकाबाट अवकास लिनुभएका तारा बस्नेत र कलावती श्रेष्ठ, सरकारी सेवामा नाम निकाल्न सफल शाखा अधिकृत ईजिनियर निकीता गौतम, आईसिटिसी राम रुकपणी परोपकारी नीजि गुठी संस्थान र वडा सचिव सिमा उप्रेतीलाई कार्यक्रममा सम्मान गरिएको हो ।

यसअघि वडा कार्यालय साविक मनहर्वा गाविसको भवनबाट संचालन हुदै आएको थियो । सो भवनमा कलैया उपमहानगरपालिका वडा नं.२४ को कार्यालय र जिपुरसिमराको १८ वडा कार्यालय संचालनमा थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष चतुरबाबु वाग्लेले वडा कार्यालयलाई व्यवस्थित गर्न बाकी रहेको बताउनुभयो । उहाले सेवालाईं प्रभावकारी बनाउने गरी आफुहरुले काम गर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा पूव गाविस अध्यक्ष रामदयाल चौधरी, पूर्व वडा अध्यक्ष अर्जुन प्रसाद दाहाल , हरिलाल चौधरी, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा अध्यक्ष नयनकला खड्का ,स्थानिय अगुवा पूर्णहरी केसी, विमलराज भारती, कुमार लामा लगायतको उपस्थिति रहेको बताउनुभयो ।

वडा अध्यक्ष चतुरबाबु वाग्लेको अध्यक्षतामा सम्प्न्न कार्यक्रममा वडा समिति सदस्य ईन्धीर चौधरीले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव सिमा उप्रेतीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*