वैैवाहिक बर्षगाठको अवसरमा चौलागाई दम्पतीले गरे शैक्षिक सामाग्री वितरण

ए वान डेस्क
३० बैशाख २०८१, आईतवार १६:१०

समाजमा स्थापित एक दम्पतीले बाराको जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २ दशबिगाहामा रहेको सरस्वती आधारभुत बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । १७औ वैवाहिक बर्षगाठको अवसरमा समाजसेवीद्धय उमेश चौलागाई र रिता कडेल चौलागाईले आज शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो ।

यु आर गोल्ड प्रिमियम मसला चिया र यु आर अटोमेटिक लण्ड्रिका सञ्चालकद्धय चौलागाई दम्पतीले आज करिव १ लाख मूल्य बराबरको शैक्षिक सामाग्री वितरण गर्नुभएको हो । बिद्यालयमै पुगेर चौलागाई दम्पतीले करिव १ बर्षको लागी पुग्ने कपि, कलम, पेन्सिल, ईरेजर र कटर प्रदान गर्नुभएको हो ।

२०४९ सालमा स्थापना भएको बिद्यालयमा करिव १५० जना बिद्यार्थि अध्ययन गर्दै आईरहेका छन् । बिद्यालयमा अध्ययनरत्त शिशुदेखि कक्षा ८ सम्मका बिद्यार्थिलाई पुग्ने गरी चौलागाई दम्पतीले शैक्षिक सामाग्री प्रदान गरेको बिद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताउनुभयो । सामाजिक क्षेत्रमा सक्रिय चौलागाई दम्पतीले बिभिन्न स्थानमा सहयोग गर्दै आएका छन् ।

यु आर ब्राण्डले परिचित चौलागाई दम्पती २०६४ सालमा वैवाहिक बन्धनमा बाधिएका थिए । बिद्यालय परिषरमा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य एवं बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल घिमिरे, बिद्यालयका प्र.अ बाबुराम घिमिरे, व्यवस्थापन समितिका सदस्यहरु मनहरी अधिकारी, हेमराज न्यौपाने, भिम प्रसाद खकुरेल, निर्मला लामा, बिना बस्नेत, यु आर ब्राण्डका म्यानेजर लोकेश वली लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*