नेपाली समर्थकलाई गौरवान्वित बनाउने प्रयास गर्छौं : कप्तान रोहित

ए वान डेस्क
१९ जेष्ठ २०८१, शनिबार १५:५३

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी(२० विश्वकप २०२४ मा आफूहरुले उत्कृष्ट क्रिकेट खेलेर समर्थकहरुलाई गर्व महसुस गराउने बताएका छन् ।

शुक्रबार डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा अभ्यासको क्रममा कप्तान रोहित पौडेलले उक्त प्रतिक्रिया दिएका हुन् ।

२० टोली सहभागी टी(२० विश्वकप आइतबारदेखि अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

‘अमेरिकामा आएपछि धेरै समर्थकहरुसँग कुरा गरें । हामीभन्दा बढी तयार समर्थकहरु छन् । मंगलबार नेदरल्यान्ड्सविरुद्ध धेरै साथ दिने समर्थकले बताउँदा एकदमै खुसी लागेको थियो । नेपालमा त झन् हामीभन्दा तीन गुणा बढी तयार छन्’, रोहितले भने, ‘हामी आफ्नो उहाँहरुलाई उत्कृष्ट क्रिकेट खेलेर गर्व अनुभव हुने प्रयास गछौं । टिम विश्वकपको लागि तयार छ ।’

विश्वकप खेल्न एकदमै उत्साहित भएको रोहित बताउँछन् । ‘विश्वकपको लागि एकदमै उत्साहित छु । झण्डै एक महिनादेखि हामी देश बाहिर छौं । विश्वकप नजिक आएसँगै त्यो उत्साहित स्तर झनै बढ्दै गएको छ’, रोहितले भने ।

नेपालले वेष्टइण्डिजमा गएर विनवाड्र्स भोलक्यानोजसँग तीन टी(२० अभ्यास खेल खेलेको थियो । त्यसपछि ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेल खेलेको थियो । आईसीसी टी(२० विश्वकप वार्मअपमा क्यानडासँग नेपाल ग्राण्ड प्रेरी रंगशालामा ६३ रनले पराजित भएको थियो । दोस्रो वार्मअप खेल वर्षाको कारण हुन सकेको थिएन । विश्वकप अघि ६ अभ्यास खेलले कन्डिसन बुझ्न सहयोग मिलेको रोहित बताउँछन् ।

नेपालको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेदरल्यान्ड्स बाहेक अन्य तीन टेस्ट टोली हुन् । नेपालको समूहमा कठिन प्रतिस्पर्धी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*