बेरुजु फर्स्यौट समितिको अध्यक्षमा मैनाली

ए वान डेस्क
२० जेष्ठ २०८१, आईतवार १३:५०

बारा क्षेत्र नं। १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका पोलिटव्युरो सदस्य अच्युत मैनाली बेरुजु फर्स्यौट समितिको अध्यक्ष चयन भएका छन् । जेठ १७ गते बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले मैनालीलाई अध्यक्षका लागि प्रतिनिधि तोकेको हो ।

सार्वजनिक लेखा समितिले प्रतिनिधि तोकेसंगै मैनाली आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन, २०७६ को दफा ४२ बमोजिम गठन हुने बेरुजुफर्स्यौट समितिको अध्यक्ष चयन भएका हुन् । मैनाली सार्वजनिक लेखा समितिको सदस्य समेत हुन् ।

आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन २०७६ को दफा ४२ गठन हुने बेरुजु फर्स्यौट समितिमा सार्वजनिक लेखा समितिले पठाएको प्रतिनिधि अध्यक्ष हुने व्यवस्था छ । उक्त समितिमा अध्यक्षसहित तीन सदस्य र एक सदस्य सचिव रहनेछन् ।

समितिको सदस्यमा महालेखापरीक्षकले तोकेको उपमहालेखापरीक्षक वा नायब महालेखापरीक्षक, अर्थमन्त्रालयको सचिव वा निजले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत, महालेखा नियन्त्रक वा निजले तोकेको महालेखा नियन्त्रक कार्यालयको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत र सदस्य सचिवमा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयको प्रमुख रहने प्रावधान छ ।

समितिले लेखापरीक्षणबाट देखिाएका मस्र्यौट, हिनामिना र असुल उपर गर्नुपर्ने ठहरिएको बेरुजु बाहेक नियमित प्रक्रियाबाट फस्र्यौट तथा सम्परीक्षण हुन नसकेका कुनै संवैधानिक अंग वा निकाय, मन्त्रालय, सचिवालय, विभाग, अदालत वा अन्य कार्यालय अन्तर्गतका बेरुजु सम्बन्धित संवैधानिक अंग तथा निकाय, मन्त्रालय वा सचिवालयबाट सरकारी नगदी जिन्सीको हानी नोक्सानी नभएको पुष्ट्याईंसहित फस्र्यौटको निमित्त सिफारिस भई आएमा औचित्यको आधारमा त्यस्तो बेरुजु नियमित वा मिनाहा गरी बेरुजुको लगत कट्टा गर्ने काम गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*