यो वर्षको मनसुनबाट हुने जोखिम न्यूनीकरणका लागि प्राधिकरणले बनायो ‘कमान्ड पोस्ट’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुनका कारण हुने घटना रोकथाम, राहत तथा उद्धारका लागि विभिन्न तयारी गर्ने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना बनाएको हो ।
सो कार्ययोजना कार्यान्वयनका लागि सबै मन्त्रालय, विभाग तथा अन्य सम्बद्ध निकायलाई कार्यान्वयनका लागि निर्देशन दिने एवम् प्रदेश सरकार, स्थानीय तहलाई आफ्नो भूमिका अनुरूप कार्य गर्न अनुरोध गर्ने निर्णय गर्ने निर्णय गरेको छ ।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिवको नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गर्ने निर्णय भएको छ । जुन कमान्ड पोस्टमा विभित्र मन्त्रालयका सचिव तथा विभिन्न सुरक्षा निकायका पदाधिकारीहरू सदस्य रहेका छन् ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड सेन्टरले निम्न कार्य गर्ने प्राधिकरणले जनाएको छ
–हप्ता दिन, तीन दिन र एक दिन अगाडिको मौसम पूर्वानुमानको जानकारी लिई जोखिमको आङ्कलन गरी प्रभावका आधारमा पूर्वतयारी र प्रतिकार्यको योजनाको प्रभावकारी कार्यान्वयन गर्ने ।
–सञ्चारका विभिन्न माध्यमहरूबाट विभिन्न भाषामा सम्भावित जोखिमहरूबारे तत्कालै सूचनाहरू प्रवाह गर्ने ।
–देशभरिका विपद्का घटनाको नियमित रूपमा जानकारी लिने र प्रतिकार्यका लागि तत्कालै सम्बन्धित निकायका सम्बद्ध पदाधिकारीहरूलाई जानकारी गराइ प्रतिकार्यको कार्य गर्ने, गराउने ।
–उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सचिव, कार्यकारी प्रमुख तथा अन्य सम्बद्ध पदाधिकारीलाई घटनाको जानकारी गराउने र आवश्यकता अनुसार निर्देशन लिई प्रतिकार्य गर्ने ।
–आवश्यकता अनुसार प्रतिकार्यका लागि अन्तरमन्त्रालय तथा सम्बद्ध निकायसँग समन्वय गर्ने ।
–विपद् सम्बद्ध जनताका गुनासाहरूलाई एकै स्थानबाट सम्बोधन गर्ने गरेका रूपमा केन्द्रमा कार्य गर्ने ।
–देशभरिका विभिन्न गोदामहरूमा रहेका खोज तथा उद्धारका सामाग्रीहरूको विवरणलाई तत्कालै अद्यावधिक गरी विपद् पोर्टलमा प्रविष्टि गर्ने गराउने ।
–मनसुनको सुरुआत भएको घोषणा भएपश्चात् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड सेन्टरको नियमित बैठक बस्नुपर्ने
–अत्यावश्यक स्थानमा तत्काल पुर्याउन सकिने गरी एउटा प्रदेशमा कम्तीमा ५ वटाका दरले हुनेगरी ७ वटा प्रदेशमा ३५ वटा बेलीब्रिज राख्ने गरी प्रबन्ध भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने ।
–प्रत्येक प्रदेशमा न्यूनतम १००० थान ९कोशी प्रदेशमा २५०० थान० तार जालीको प्रबन्ध गर्ने प्रत्येक प्रदेशमा २५,००० थान ९कोशी प्रदेशमा ५०,००० थान० का दरले स्यान्ड ब्याग र प्रत्येक प्रदेशमा २००० वटाका दरले पोर्टेबल सोलार र बत्तीको प्रबन्ध ऊर्जा, सिँचाइ तथा जलश्रोत मन्त्रालयले गर्ने ।
–भण्डारण केन्द्रबाट जिल्लासम्म राहत सामाग्री पुऱ्याउन लागि प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई अनुरोध गर्ने ।