युवा समाजसेवी सापकोटाले विद्यालयलाई गरे पङ्खा सहयोग
![](https://www.a1samachar.com/wp-content/uploads/2024/06/444165090_3793493710872542_514044512180129556_n-1.jpg)
जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहका विनोद सापकोटाले एक विद्यालयलाई पाँच थान पङ्खा सहयोग गरेका छन् । आफ्नो वैवाहिक वर्षगाठको अवसरमा सापकोटाले रौतहट फतुवाबिजयपुर ११ स्थित श्री हिमाली जनता विद्यालयलाई पङ्खा सहयोग गरेका हुन् ।
पङ्खा वितरण कार्यक्रममा शिक्षक बाबुराम आचार्य लगायत उपस्थित थिए । सापकोटा जीतपुरसिमरा ४ औराहका युवा समाजसेवी हुन् । उनि लायन्स क्लब अफ सिमरा जागरणसहित विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।
संघसंस्थामार्फत सक्रिय रहदै आएका सापकोटाले केही दिन अघि आएको हावाहुरीले भत्काएको एक स्थानीयको छाना निर्माणका लागि पाइप सहयोग गरेका थिए ।