विश्वकपमा छनोट हुन नेपाललाई ८४ रनको चुनौती

ए वान डेस्क
२८ कार्तिक २०८१, बुधबार १६:५५

यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा घरेलु टोलीले नेपालसामु ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो ।

युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाइन् । बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिए ।

५ खेलमा शत प्रतिशत जित निकाल्दै यूएई शीर्ष र ४ खेलमा जित र एक हारसहित नेपाल दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रहने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*