क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान्स कप : तयारी अन्तिम चरणमा, टिमको लाग्यो टुंगो
ए वान डेस्क /
क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान्स कप २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । नव जन जागृति भेट्रान क्लब सिमराको आयोजनामा मंसिर ११ गतेदेखि शुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।
सिमरा रंगशालामा हुने प्रतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ । आयोजक नव जन जागृति भेट्रान क्लबका अध्यक्ष सोनु क्षेत्रीले तयारी धमाधम भईरहेको बताउनुभयो । ‘हामीले तयारी धमाधम गरिरहेका छौ, लगभग हामी हाम्रो तयारीको अन्तिममा छौ’ अध्यक्ष क्षेत्रीले भन्नुभयो ।
प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाउने संयोजक राम पाठकले बताउनुभयो । प्रतियोगितामा सरस्वती नगर भेट्रान क्लब काठमाण्डौ, बिरगञ्ज युथ भेट्रान, बिरगञ्ज, निजगढ भेट्रान, निजगढ, टाउन भेट्रान क्लब, बिहार, युनाईटेड भेट्रान क्लब, हेटौडा, सर्लाही भेट्रान क्लब, सर्लाही, प्ले टुगेदर भेट्रान, झापा, बिरगञ्ज सिटि भेट्रान, बिरगञ्ज, डुमरवाना भेट्रान, डुमरवाना, सिमरा भेट्रान, सिमरा, नागसोती भेट्रान, हेटौडा, पथलैया भेट्रान, पथलैया, खैर्वा भेट्रान, खैर्वा, बिरगञ्ज युनाईटेड भेट्रान, बिरगञ्ज, बकुलिया भेट्रान, बकुलिया र आयोजक एन.जे.जे.भिसि. सिमराको सहभागिता रहनेछ ।
प्रतियोगिताको बिजेताले १ लाख र उप बिजेताले ५० हजार रुपैया पाउने संयोजक पाठकले बताउनुभयो । पाठकका अनुसार प्रत्यक दिन म्यान अफ द म्याचसहित बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा क्रियटिभ वल्र्ड डिजिटल प्रा.लि, कलैया, बारा रहेको छ भने मुख्य सहयोगी संस्थामा जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय रहेको छ ।
प्रतियोगिताको मधेश स्पोट्सले प्रत्यक्ष प्रशारण गर्नेछ ।















