जीतपुरसिमरा १६ मा भोलिदेखि महेन्द्रनगर खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा भोलिदेखि महेन्द्रनगर खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरु हुदैछ । महेन्द्रनगर युवा क्लबको आयोजनामा भोलिदेखि महेन्द्रनगर खेल मैदानमा प्रतियोगिता शुरु हुन लागेको हो ।
मंसिर १८ गतेसम्म चल्ने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भईसकेको आयोजक क्लबका अध्यक्ष दिपक थापा मगरले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले २५ हजार रुपैया पाउने अध्यक्ष मगरले बताउनुभयो ।















