महेन्द्रनगर फूटबल प्रतियोगिता : जीतपुरसिमरा स्पोर्ट्स क्वाटरफाइनलमा प्रवेश

ए वान डेस्क
६ मंसिर २०८१, बिहीबार १९:४४

जीतपुरसिमरा स्पोर्ट्स क्लब महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रामनगर फूटबल क्लबलाई आज टाईब्रेकरमा ३–२ ले पराजित गर्दै जीतपुरसिमरा स्पोर्ट्स क्लब क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

जीतपुरसिमरा १६ स्थित महेन्द्रनगर खेल मैदानमा आज भएको खेलको निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकमा जीतपुरसिमराका लागि सागर लामा, सुहम रुम्बा र रुवेन तामाङले गोल गरे । रामनगरका लागि भने बलिराम चौधरी, जयकान्त चौधरी गर्दा बिशाल चौधरीको प्रहार विपक्षी गोलरक्षक निरज लामाले बचाउ गरेका थिए ।

यसअघि निर्धारित समयमा जीतपुरसिमराका लागि सागर लामा र रामनगरका लागि लक्ष्मी चौधरीले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच जीतपुरसिमराका गोलरक्षक निरज लामा घोषित भए । प्रतियोगिता अन्तर्गत भोलि लेभल अप ११ मकवानपुर र मित्र युवा क्लब डकाहाबीच खेल हुनेछ ।

महेन्द्रनगर युथ क्लबको आयोजनामा बुधवारदेखि सुरु भएको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*