महेन्द्रनगर फूटबल प्रतियोगिता : डुमरवाना क्वाटरफाईनलमा प्रवेश

ए वान डेस्क
१० मंसिर २०८१, सोमबार १८:४६

जे.वाई.सिसि. डुमरवाना जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा जारी महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । योङ ब्वाईज शान्टि टोल औराहालाई ६–१ ले पराजित गर्दै जे.वाई.सिसि. डुमरवानाले क्वाटरफाईनलको स्थान सुरक्षित गरेको हो ।

अब सेमिफाईनल प्रवेशका लागी जे.वाई.सिसि. डुमरवानाले आयोजक महेन्द्रनगर युवा क्लबको टिम ए संग दोश्रो क्वाटरफाईनल खेल खेल्नेछ । आयोजक महेन्द्रनगर युवा क्लबको टिम ए ले प्रतियोगितामा बाई पाउदै क्वाटरफाईनल खेल खेल्नेछ । प्रतियोगिता अन्तर्गत भोलिबाट क्वाटरफाईनलको समिकरण शुरु हुनेछ ।

पहिलो क्वाटरफाईनल खेल ओजेल युवा क्लब टांग्यिाबस्ती र सिंगोल एफ सिको बिचमा हुनेछ । सिंगोल एफ सि यसअघि आयोजक महेन्द्रनगर युवा क्लबको टिम बि लाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको हो । ओजेल युवा क्लब टांग्यिाबस्तीले भने प्रतियोगितामा बाई पाएको हो । भोलिको खेल दिउसो ३ बजेदेखि शुरु हुनेछ ।

महेन्द्रनगर युथ क्लबको आयोजनामा बुधवारदेखि सुरु भएको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*