वीरगन्जमा जारी जय ट्रफी : आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य

ए वान डेस्क
२२ पुष २०८१, सोमबार १५:१२

वीरगन्जमा जारी जय ट्रफी मेन्स एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लब सामु १७२ रनको लक्ष्य दिएको छ ।

वीरगन्जको नारायणी क्रिकेट मैदानमा भइरहेको दुई दिवसीय खेलको दोस्रो इनिङ्समा सोमबार आर्मी ५३ ओभर खेल्दै १७५ रनमा अलआउट भएपछि पुलिसले जितका लागि १७२ रन लक्ष्य पाएको हो ।
दोस्रो इनिङ्समा आर्मीका ब्याटर सोमपाल कामीले अविजित ८२ रन बनाए ।१३८ बलको सामना गरेका सोमपालले १० चौका र १ छक्का प्रहार गरे ।
यस्तै त्रितराज दासले ५१ ब्लमा ३४ रन जोडे । भीम सार्कीले १५ रन जोड्दा विवेक यादवले ११ रनमात्रै बनाए ।

दोस्रो इनिङ्समा बलिङ्तर्फ पुलिसका कुशल भुर्तेलले ४, गुल्शन झाले ३, ललित राजवंशीले २ र रसिद खानले १ विकेट लिए ।
त्यसअघि सोमबार बिहान ७ विकेटको क्षतिमा १०३ रनबाट दोस्रो दिनको खेल सुरु गरेको पुलिस थप २२ रनमात्रै जोड्दै अलआउट भएको थियो ।
उसका लागि गुलशन झाले ५४ बलमा ४७ रन बनाए भने अमित श्रेष्ठले १८ र रसिद खानले १६ रन बनाए ।
बलिङ्तर्फ आर्मीका लागि सहाब आलम एक्लैले ८ विकेट लिए ।
१५.१ ओभरमा ५९ रनमात्र खर्चिएका आलमले ८ विकेट लिए । सोमपाल कामी र पवन कार्कीले भने समान एक–एक विकेट लिए ।
आइतबारदेखि सुरु खेलमा आर्मीले आफ्नो पहिलो इनिङ्समा ३४.४ ओभरमा १२१ रन बनाएको थियो ।जारी खेलमा पुलिसले अहिले १७२ रनको लक्ष्यका साथ दोस्रो इनिङ्सको ब्याटिङ गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*