वीरगन्जको हरपतगन्जबाट गाँजासहित चारजना पक्राउ

ए वान डेस्क
२४ पुष २०८१, बुधबार १५:४६

वीरगन्ज महानगरको ग्रामीण भेगबाट प्रहरीले लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका -२० हरपतगञ्जबाट मंगलबार राति प्रहरीले चारवटा पोकामा रहेको ५० केजी गाँजासहित चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुरका ४० वर्षीय पारस यादव,५२ वर्षीय मैनुदिन मियाँ,वडा नम्बर ७ तीनटोलियाका ३६ वर्षीय अकबर मियाँ र वडा नम्बर ७ कै छपकैयाका ४५ वर्षीय शिव महत्तो रहेका छन् ।

विशेष सूचनाको आधारमा मंगलबार राति ९.३० बजे खटिएको प्रहरी टोलीले हरपतगन्ज चोकस्थित सडकभन्दा ५ सय मिटर परको कू्रलोको बाटो हुँदै टाउकोमा गाँजा बोकेर जाँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक किशोर लम्सालले बताए ।

गाँजासहित नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको लम्सालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*