खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्ने मन्त्री यादव प्रतिबद्धता
खानेपानीमन्त्री प्रदीप यादवले सुदूरपश्चिममा भएका खानेपानीका समस्या समाधान गरिने बताएका छन् ।
सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठी, २०८१ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर, सुर्खेत र धनगढी, कैलालीको उद्घाटनका लागि सुदूरपश्चिमको धनगढी पुगेका मन्त्री यादवले त्यहाँका गाउँ टोलमा खानेपानी सम्बन्धिका सबै समस्या समाधान गर्ने बताएका हुन् ।
मन्त्री यादवले देशभरका नागरिकलाई शुद्ध खानेपानी पु¥याउनु आफ्नो प्रमुख दायित्व भएको बताउँदै भने आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधै कटिबद्ध छु । खानेपानीका क्षेत्रमा भएका समस्या बुझन म सुदूरपश्चिमको कैलाली आइ पुगेको छु । समस्या समाधान गरेरै छोड्छु ।”
आम नेपाली नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफुले पनि मन्त्रालय सम्हालेदेखि हाल सम्म नागरिकका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नतर्फ अग्रसर रहेका उनको भनाई थियो ।
पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरु सुक्दै जान थालेकाले तराइँ लगायतका क्षेत्रमा भुमिगत पानी सुक्न थालेको एवं चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उनको भनाई थियो ।
तराइँ क्षेत्रमा भुमिगत पानी संरक्षण गर्नका लागि चुरे दोहन गर्ने कार्य यथासक्के रोक्नु पर्ने मन्त्री यादवले धारणा राखे ।















