त्रिभुवन विमानस्थलबाट सुनसहित २ युवती पक्राउ

ए वान डेस्क
२५ पुष २०८१, बिहीबार १३:०८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनसहित दुई युवती  पक्राउ परेका छन् ।

भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९. ११ ग्राम सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका–११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ रहेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी पुष्पालाई ६७.५१ ग्राम र फुर्पालाई ८१.६० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*