बाराको जितपुरसिमरामा थारु माघी सांस्कृतिक महोत्सव २०८१ को आयोजना
थारु समुदायको महान् चाड माघी पर्वको उपलक्ष्यमा बाराको जितपुरसिमरामा पौस २९ गते देखि थारु माघी सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । शनिबार जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा पत्रकार सम्मेलन गरेर थारु कल्याण कारिणी सभा बाराले पौस २९ गते देखि माघ २ गतेसम्म थारु माघी सांस्कृतिक महोत्सव २०८१ भब्य रुपमा मनाउन लागिएको जानकारी गराएको हो । बारा जिल्लाको थारु कल्याणकारीणी सभा, जितपुरसिमरा नगर कार्यसमिति र वडा कार्यसमिति औराहाको संयुक्त आयोजनामा हुने माघि महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । यस्तै कार्यक्रमस्थलमा थारुका खानाका परिकारहरु घोंगी,माछा,हाँस र कुखुराको मासु, तिल र भूजाको लड्डु लगायतको स्टलपनि राखिने छ । महोत्सवमा स्थानिय लगाएत राष्ट्रिय थारु कलाकारहरूको गायन तथा नृत्य प्रद्र्शन गरिनेछ । थारु कल्याण कारिणी सभा बाराका अधयक्ष रामप्रसाद चौधरीको सभाअध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा थारु भाषाका आशुकवि एवम थारु कल्याण कारिणी सभाका केन्द्रिय सदस्य हृदयनारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । थाकस केन्द्रीय सदस्य श्रीदेवी चौधरी, उपसभापति लक्ष्मीकान्त प्यारेलाल चौधरी, थाकस जितपुरसिमरा नगर कार्यसमितिका सभापति राजेन्द्र प्रसाद चौधरी लगाएतको उपस्थिति रहेको पत्रकार सम्मेलनको सहजिकरण प्रमोद चौधरीले गरेका थिए ।















