कृषि मन्त्रालयबाट २ करोड कृषक लाभान्वित
कृषि तथा पशुपन्छी मन्त्रालयले पछिल्लो ५ वर्षमा कृषकहरूलाई प्रवाह गरेको अनुदान रकम आइतबार सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार ५ वर्षमा अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ रकम प्रवाह भएको छ । जसबाट करिब १ करोड ९६ लाख कृषकहरू लाभान्वित भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७६/ ७७ देखि आव २०८०/८१ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी उक्त रकम अनुदानमा प्रवाह भएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार प्रत्यक्षतर्फ २० अरब ३० करोड ३० लाख १४ हजार र अप्रत्यक्ष तर्फ ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ प्रवाह भएको मन्त्रालयले जनाएको छ ।
राज्यबाट अनुदान लिने तर उद्देश्य अनुरूप रकमको सदुपयोग नभएको गुनासो आएपछि मन्त्रालयले अनुदान रकम प्रवाहबारे जानकारी दिएको हो ।















