यू-१९ महिला विश्‍वकप : स्कटल्यान्डविरूद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

ए वान डेस्क
७ माघ २०८१, सोमबार १२:३८

आईसीसी यू-१९ टी२० महिला विश्‍वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्ड विरुद्ध टस जितेको छ ।

टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी छन् । नेपालले आज दुई परिवर्तन गरेको छ ।
सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरूङ टिममा आएका छन् ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । आजको खेल जित्दै सुपर सिक्स सम्भावना बलियो बनाउन चाहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*