सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह

ए वान डेस्क
७ माघ २०८१, सोमबार १३:५०

कुवेतमा रहेको नेपाली दूतावासले सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।

‘वित्तीय सचेतना तथा सुरक्षित विप्रेषण आप्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रममा राजदूत घनश्याम लम्सालले कुवेतमा कार्यरत नेपाली श्रमिकलाई वित्तीय सचेतनाका बारेमा जानकारी दिन आवश्यक रहेको बताए ।

वित्तीय सचेतना र सामाजिक सुरक्षा कार्यक्रमको महत्त्वका बारेमा नेपाली श्रमिकलाई सरल तरिकाले बुझाएर कार्यक्रममा समेट्नुपर्ने उनको भनाई छ ।

कार्यक्रमका सहभागीले वित्तीय सचेतना, नेपालमा रेमिट्यान्स पठाउने तरिका, यसको प्रवृत्ति र सम्भावनाहरु तथा सामाजिक सुरक्षा कोषलाई अझ प्रभावकारी बनाउन र श्रमिकको सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कुवेतका गैरआवासीय नेपाली सङ्घ, नेपाल पत्रकार महासङ्घ वैदेशिक शाखाका प्रतिनिधि र नेपालमा पैसा पठाउने वित्तीय क्षेत्रका सङ्घसंस्थामा कार्यरत नेपाली प्रतिनिधिको सहभागिता रहेको दूतावासले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*