सुनको भाउ घट्यो

सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ ।
सुन आज तोलामा दुई हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
केही दिनअघिदेखि लगातार बढीरहेको सुनको भाउ आज भने घटेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।