मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी

ए वान डेस्क
३० माघ २०८१, बुधबार १५:१६

काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ ।

पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।

काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो ।

वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।

उनका अनुसार यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*