डुमरवानका बहुमुखी क्याम्पसको १७ औं बार्षिकोत्सव तथा १८ औं स्थापना दिवस सम्पन्न

बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नं.१५मा रहेको डुमरवाना बहुमुखी क्याम्पसको १७ औं बार्षिकोत्सव तथा १८ औं स्थापना दिवस विशेष कार्यक्रम विहिवार सम्पन्न भएको छ ।
विशेष समारोह बीच बारा क्षेत्र नं.४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले क्याम्पसको बार्षिक उत्सवको उद्घाटन गरेका थिए।
श्रेष्ठले मधेश विश्वविद्यालयले संचालन गर्ने गरी प्राविधिक कलेज खोल्न आफुले आवश्यक जमिन दिने प्रतिबद्धता गरेका छन्। प्राविधिक शिक्षालय संचालनमा २ विगाह जमिन जीतपुरसिमरा उपमहानगरपालिका भित्र सके सरकारी नसके किसान श्रेष्ठले दिने उनले बताएका हुन् ।
यस्तै कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रो. डा. दिपक शाक्यले शिक्षालाई सीप सहितको प्रविधियूक्त माध्यम बनाउन सके विद्यार्थीको कमी नहुने बताएका छन् ।
यस्तै पूर्व प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादवले कलेज संचालनमा सबैले सहयोग गर्नुपर्ने बताए ।
डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटीले क्याम्पसमा भर्ना भएका विद्यार्थीले विचमै पढाई छाड्दा समस्या हुने गरेको बताए ।
संचालनमा आर्थीक अभाव झेल्दै आएको बताउँदै उले २ करोड रुपैंयाको अक्षय कोष निर्माणमा आफुहरु जुटेको सुनाउँदै सबैलाई सहयोगको अपिल गरेका छन्।
कलेजले विशेष अवसर पारेर कलेज निर्माण र संचालनमा योगदान गर्ने दाताहरुलाई सम्मान गरेको थियो । यस्तै कलेज परिषरमा निर्माण गरिएको शैक्षिक स्तम्भमा टाँसिएको दाताहरुको नामावलि सहितको शिलालेखको समेत अनावरण गरिएको थियो ।
कलेजले १७ औं बार्षिकोत्सव तथा १८ औं स्थापना दिवसलाई साताब्यापी रुपमा मनाईएको थियो ।