डुमरवाना क्रिकेट च्याम्पियनसिप : फाईनल खेल भोलि, उपाधिका लागि कलैया र मकवानपुर भिड्ने

ए वान डेस्क
२ फाल्गुन २०८१, शुक्रबार १८:४२

डुमरवाना क्रिकेट च्याम्पियनसिपको पाचौं संस्करणको उपाधिका लागि कलैया र मकवानपुर भिड्ने भएका छन् । प्रगतिशील खेल मैदानमा विहीबार भएको खेलमा पर्सालाई ९ रनले पराजित गर्दै कलैया फाइनलमा प्रवेश गरेको हो ।

कलैयाले अब उपाधिका लागि मकवानपुरसंग खेल्नेछ । समूह ‘ए’ को विजेता बन्दै मकवानपुर प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।

जीतपुरसिमरा १५ स्थित प्रगतिशील यूवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्रायोजकमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ को कार्यालय र जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय रहेको छ ।

प्रतियोगिताको सहयोगी संस्थामा मधेश प्रदेश क्रिकेट संघ, बारा जिल्ला क्रिकेट संघ र ब्रोडकाष्टिङ पार्टनरमा मधेश स्पोट्स रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*