कलैयाले उचाल्यो ५औ डुमरवाना क्रिकेट च्याम्पियनसिपको उपाधी

ए वान डेस्क
३ फाल्गुन २०८१, शनिबार १८:३९

कलैया क्रिकेट क्लब बाराले ५औ डुमरवाना क्रिकेट च्याम्पियनसिप २०८१ को उपाधी उचालेको छ । प्रगतिशिल खेल मैदानमा आज भएको फाईनल खेलमा मकवानपुर क्रिकेट संघलाई ८५ रनले पराजित गर्दै कलैयाले उपाधी उचालेको हो ।

टस जितेर ब्याटिङ रोजेको कलैया क्रिकेट क्लबले मकवानपुरलाई १८१ रनको लक्ष्य प्रदान गरेको थियो । कलैयाको जितमा शेराज हवारीले ३६, निखिल सिंहले ३१ र निरज यादवले २३ रन बनाएका थिए । बलिङतर्फ कमल गुप्ताले ३ र तिरितराज दासले २ विकेट लिएका थिए । यता, कलैयाले दिएको बिशाल लक्ष्य पछ्याएको मकवानपुर ९५ रनमै अलआउट भएको थियो ।

मकवानपुरका लागी सुभ कंस्कारले ३८ र टकस खतिवडाले १७ रन बनाएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच सेराज हवारी घोषित भए । प्रतियोगिताको बेस्ट बलर पियुस शर्मा, बेस्ट ब्याटर आकाश थापा र म्यान अफ द सिरिज तिरिजराज दास घोषित भए ।

प्रतियोगिताको बिजेता, उप बिजेता र बिधागततर्फको पुरस्कार मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जैसवाल, बारा क्षेत्र नम्बर ३ क का प्रदेशसभा सदस्य रबिन्द्रदास श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, वडा नम्बर १३ का वडा अध्यक्ष हेमनारायण चौधरी, क्लबका अध्यक्ष प्रदिप पोखरेल लगायतले प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै खेलकुद मन्त्री जैसवालले प्रगतिशिल खेल मैदानको बिकासका निम्ति सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मधेशको खेल क्षेत्रको विकास गर्न मन्त्रालय प्रतिवद्ध रहेको भन्दै उहाले बिशेष योजनाका साथ अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य श्रेष्ठले प्रगतिशिल खेल मैदानको स्तरउन्नती गर्न प्रदेश सरकारबाट आवश्यक बजेट ल्याउने बताउनुभयो । उहाले सबैको साथ र सहयोगले मात्र खेल क्षेत्रको विकास हुने भन्दै हातेमालोको जरुरी रहेको बताउनुभयो ।

क्लबका अध्यक्ष प्रदिप पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पुर्व अध्यक्ष कृष्ण नेपालले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव बासु नेपालले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*