पत्रकार घोरसाइने वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

बाराका अग्रज पत्रकार गोकुल घोरसाइने वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपाल बाराको छैठौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा पत्रकार घोरसाइने उक्त पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेलले दोसल्ला ओढाएर घोरसाइनेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेका थिए । घोरसाइने बारालाई कार्य क्षेत्र बनाएर झण्डै तीन दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
चौतारी बाराले पाँच हजार राशीको उक्त पुरस्कार घोरसाइनेलाई प्रदान गर्ने निर्णय गरेको थियो । कार्यक्रम प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।