जीतपुरसिमरा उपमहानगर स्तरीय अन्तर बिद्यालय फुटबल प्रतियोगिता शुरु
जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८२ आजदेखि शुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखाको आयोजनामा वडा नम्बर १० स्थित नितनपुर खेल मैदानमा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमकाबिच वडा नम्बर १० का वडा अध्यक्ष संजय पटेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसाद साह, शिक्षक राजु प्रसाद अधिकारी, समाजसेवी प्रेम बराल लगायतको उपस्थिति रहेको थियो । आजदेखि शुरु भएको प्रतियोगिता जेठ १२ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा उपमहानगरपालिका भित्रका २७ बिद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत आज भएको उद्घाटन खेलमा नेरामावि डुमरवाना विजयी भएको छ । नेरामावि मौवादेवी डकाहालाई १–० गोल अन्तरले पराजित गर्दै डुमरवानाले विजयी शुरुवात गरेको हो ।
प्रतियोगिता अन्र्तगत भोलि चार वटा खेल हुनेछन् । प्रतियोगितामा माद्ययमिक तहको छात्रा, आधारभुत तहको छात्रा, माद्ययमिक तहको छात्र र आधारभुत तहको छात्रको खेल हुनेछ ।















