प्रथम बारा प्याब्सन अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता : उद्घाटन खेलमा प्रोगेस एजुकेसन र मोर्डन स्कुल विजयी
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा जारी प्रथम बारा प्याब्सन अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता २०८२ मा प्रोगे्रस एजुकेसन र मोर्डन स्कुल विजयी शुरुवात गरेको छ । निजि तथा आवासीय बिद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन बाराको आयोनजामा वडा नम्बर ४ औराहामा आजदेखि शुरु भएको प्रतियोगितामा प्रोग्रेस र मोर्डनले विजयी शुरुवात गरेको हो ।
प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा प्रोग्रेस एजुकेसनले शुभतारा ई. बोर्डिङ स्कुलाई पराजित गरेको थियो । खेलमा प्रोग्रेसले शुभतारालाई ४१ रनले विजयी हासिल गरेको थियो । टस जितेर शुभताराले फिल्डिङ रोज्दै प्रोग्रेसलाई १२ ओभरमा ९० रनमै अलराउट गरेको थियो । प्रोग्रेसका आशिष भट्टले ९ बलमा १९ रन बनाए भने अलीशले १५ रन जोडे। बलिङतर्फ शुभताराका इर्सनले प्रभावशाली प्रदर्शन गर्दै १७ रन खर्चेर ४ विकेट लिएका थिए ।
सो क्रममा तृषनले २ विकेट लिएर थिए । ९१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको शुभताराले खराब शुरुवात गरेको थियो । शुभतारा ७.३ ओभरमै ४९ रनमै अलआउट भएको थियो । शुभताराका लागी सहाबुदिनले २१ रन बनाएरपनि अन्य खेलाडी चल्न सकेनन् । खेलमा आशिष भट्ट म्यान अफ द म्याच घोषित भए ।
यस्तै आज भएको दोश्रो मोर्डन ई. बोर्डिङ स्कुल विजयी भएको छ । ब्राईटर एकडेमीलाई पराजित गर्दै मोर्डन स्कुल विजयी भएको हो ।
भोलि तिन खेल हुने
प्रतियोगिता अन्र्तगत भोलि तिन खेल हुनेछ । पहिलो खेल ब्राईटल्याण्ड एकेडेमी र रोज एकेडेमीको बिचमा हुनेछ । खेल बिहान ८ः३० बजेदेखि ११ः३० बजेसम्म हुनेछ ।
दोश्रो खेल सेनपिटर्स एकेडेमी र बारा एकेडेमीको बिचमा हुनेछ । खेल मद्यान्न १२ बजेदेखि दिउसो ३ बजेसम्म हुनेछ । यसैगरी तेश्रो खेल प्रोग्रेस एकेडेमी र शुभारम्भ एकेडेमीबिच हुनेछ । खेल ३ः३० बजेदेखि साझ ५ बजेसम्म हुनेछ ।
औराहाको सेज क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । मंसिर १७ गतेसम्म चल्ने प्रतियोगितामा प्याब्सन अन्र्तगतका बिभिन्न ९ बिद्यालयको सहभागिता रहेको छ ।















