युवा व्यवसायी चौधरीले वृद्धाश्रममा मनाए जन्मदिन, जेष्ठ नागरिकलाई गरे सहयोग

ए वान डेस्क
५ माघ २०८२, आईतवार १२:३४

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ का युवा व्यवसायी रोशन चौधरीले आफ्नो जन्मदिन वृद्धाश्रममा मनाएका छन् । चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयास्थित जेष्ठ नागरिक वृद्धाश्रम पुगेर जन्मोत्सव मनाएका हुन् ।

चौधरीले आश्रममा रहेका वृद्धवृद्धालाई भोजन खुवाउँदै सात थान सिरक र सात थान डसना समेत हस्तान्तरण गरेका छन् । सो अवसरमा सरोज गहतराजले सात थान च्यवनप्रास, उत्तम कार्कीले बिस्कुट, बिना जोसिले हर्लिक्स, भीम शाहले सहयोगस्वरूप नगद प्रदान गरेका थिए ।

चौधरीले वृद्धाश्रममा जन्मदिन मनाउन पाउँदा खुशी लागेको बताए । उनले आफूलाई अझ जिम्मेवार र उत्साहित बनाएको बताए ।

कार्यक्रममा जीतपुरसिमरा १४ का युवा समाजसेवी कपिल खरेल लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*