जीतपुरसिमरा ६ नगौलमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न, ८५ जनामा देखियो मोतियाबिन्दु

ए वान डेस्क
५ माघ २०८२, आईतवार १२:५०

जीतपुरसिमरा उपमहानगरपालिका ६ नगौलमा शनिबार आयोजित शिविरमा दुई सय ८५ जनाले नि:शुल्क आँखा परिक्षण गराएका छन् । जसमध्ये ८५ जनामा मोतियाबिन्दु र पाँच जनामा प्टेरिजियमको समस्या देखिएको छ ।

शिविरमा डा. शिवशंकर प्रसाद साह, डा. राजदेव साह, कौशलकुमार कर्णले आँखा जाँच गरेका थिए । जाँचका क्रममा मोतियाबिन्दु देखिएका ८५ जनाको नि:शुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ ।

वडा नं. ६ को कार्यालयको सहयोगमा आरएम केडिया आँखा अस्पताल र सहयात्री युवा क्लबले शिविर आयोजना गरेको हो । शिविरको उद्घाटन मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले गरेका थिए ।

शिविर उद्घाटनका क्रममा नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष कैमुदिन अंसारी, कार्यपालिका सदस्य बुद्धकुमारी अधिकारी, स्थानीय कमरुल होदा अंसारी, फैजुलाह हक अंसारीलगायतको उपस्थिति रहेको थियो ।

राजाराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सहजीकरण सुदर्शन काफ्लेले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*