बारा ४ मा नेपाली काग्रेस : सम्पर्क कार्यालय उद्घाटनदेखि घरदैलोसम्म

ए वान डेस्क
५ फाल्गुन २०८२, मंगलवार २०:२०

नेपाली काग्रेसले बारा क्षेत्र नम्बर ४ मा घरदैलो अभियानलाई तिब्रता दिएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्यामबाबु गुप्तालाई विजयी गराउने गरी काग्रेसले घरदैलो अभियानलाई तिब्रता दिएको हो ।

आज क्षेत्र नम्बर ४ अन्र्तगतका बिभिन्न स्थानमा घरदैलो गरिएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्यामबाबु गुप्ताको उपस्थितिमा पर्सौनी, जीतपुरसिमरा लगायतका बिभिन्न स्थानमा घरदैलो गरिएको हो ।

घरदैलो अन्र्तगत आज पर्सौनी वडा नम्बर ५ नम्बर भलुही, जीतपुरसिमरा २४ स्थित हरपुर र वडा नम्बर १९ नम्बर र वडा नम्बर २३ मा कार्यक्रम गरिएको नेपाली काग्रेसका युवा नेता शेखर भण्डारीले जानकारी दिनुभयो । वडा नम्बर १९ मा आज एक कार्यक्रमकाबिच सम्पर्क कार्यालयसमेत उद्घाटन गरिएको थियो ।

निर्वाचनको मिति नजिकिदै जादा गुप्ताले घरदैलोसंगै घेटघाटलाई पनि तिब्रता दिएका छन् । युवा पुस्तामाझ लोकप्रिय उम्मेदवार गुप्ताले निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*