Breaking News : सरकारकाे समर्थन फिर्ता लिने राजपाकाे घोषणा
राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । रेशम चौधरीमाथि आजीवन काराबास फैसलापछि राजपाको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो ।
आज कैलाली अदालतले रेशम चौधरीमाथि फैसला गरेपछि राजपाकाे अध्यक्षमण्डलकाे आपतकालिन बैठक बसेकाे थियाे । साेही बैठकले सरकारलाई यसअघि दिँदैआएकाे समर्थन फिर्ता दिने घाेषणा गरेकाे हाे । राजपाको यस्तो निर्णयसँगै दुईतिहाई बहुमतकाे सरकारलाई केही धक्का लाग्ने अपेक्षा गरिएको छ ।























