आगलागीबाट २३ लाख बराबरको क्षति

ए वान डेस्क
२२ चैत्र २०७५, शुक्रबार १५:१२

सुनसरीको कोसी गाउँपालिका ४ स्थित जुद्धगंजमा आगलागी हुँदा ९ परिवारका ८ वटा घर जलेर नष्ट भएको छ। शुक्रबार बिहान भएको आगलागीमा स्थानीय रहरमान मन्सुरी, ललित मियाँ, सलिम, फिरोज, अफरुज, मलिम, कलाम मियाँको घर जलेर नष्ट भएको हो।

यस्तै अ‍ैजुक मन्सरी र कैजुम मन्सुरीको घरहरू नष्ट हुँदा २३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। विद्युत् सर्ट भएर आगलागी भएको अधिकारीले जानकारी बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*