प्रदेश प्रमुखमा यी सात जनाको नाम सिफारिस

ए वान डेस्क
३ माघ २०७४, बुधबार १५:५२

मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकमा सातवटै प्रदेशका प्रदेश प्रमुखको नाम प्रस्ताव गरिएको छ। तर, उक्त मन्त्रिपरिषद् बैठकमा प्रदेशको अस्थायी राजधानीबारे प्रधानमन्त्रीले राखेका एजेन्डामा मन्त्रीहरूबीच विवाद भएपछि प्रदेश प्रमुखको नियुक्तिबारे छलफलले प्रवेश पाएन।

प्रधानमन्त्रीले दिउँसो प्रदेशको अस्थायी राजधानी मन्त्रीहरूको सहमतिमा नै तोक्न र प्रदेश प्रमुखको नियुक्तिका लागि पुनः मन्त्रिपरिषद् बैठक बोलाएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। उनले मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखका बारेमा पनि निर्णय गर्ने बताए।

मन्त्रिपरिषद् बैठकमा यी प्रदेश प्रमुखका लागि सिफारिस गरिएका सात जना :

प्रदेश नम्बर १. गोविन्द सुब्बा
प्रदेश नम्बर २. उमाकान्त झा
प्रदेश नम्बर ३. अनुराधा कोइराला
प्रदेश नम्बर ४. बाबुराम कुँवर
प्रदेश नम्बर ५. रत्नेश्वर कायस्थ
प्रदेश नम्बर ६. चन्द्रकृष्ण घिमिरे
प्रदेश नम्बर ७. वसन्तराज मल्ल

मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुखका लागि प्रस्ताव गरिएका यी नाममा संशोधन हुनसक्ने वाणिज्यमन्त्री मीन विश्वकर्माले बताए। उनले भने, ‘सातवटै प्रदेशका लागि प्रमुखको नाम सिफारिस भएको छ, तर मन्त्रिपरिषद् बैठकले ती नाममा हेरफेर गर्नसक्नेछ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*