बारा क्षेत्र नम्बर ४ मा एकवाल मिया विजयी
२६ मंसिर २०७४, मंगलवार ०५:१७
बारा क्षेत्र नम्बर ४ मा एकवाल मिया निर्वाचित हुनुभएको छ । बाम गठबन्धनका उम्मेदवार देवनारयाण चौधरीलाई एक हजार एक सय ६८ मतान्तरले पराजित गर्दे मिया प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
मियाँले २२ हजार २ सय ७५ मत पाउनुभयो भने वाम गठबन्धनका उम्मेदवार देवनारायण चौधरीले २० हजार ६ सय ७ मत पाउनुभयो ।















