प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा महत्वपूर्ण प्रस्ताव पेश गर्ने

ए वान डेस्क
६ जेष्ठ २०७६, सोमबार १२:२२

प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले विभिन्न प्रतिवेदन र विधेयकहरु पेश गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले महालेखा परीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन, २०७५, नेपाल सरकारको आर्थिक वर्ष २०७४÷०७५ को सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७४/०७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसुचि रहेको छ ।

त्यस्तै आजको बैठकमा व्यवस्थापन कार्य अन्र्तगत प्रधानमन्त्री ओलीले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । आजकै बैठकमा प्रधानमन्त्री ओलीले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५ प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘प्रहरी समायोजन विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने र प्रहरी समायोजन विधेयक, २०७५ पेश गर्ने कार्यक्रम रहेको छ ।

उता प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले विवादमा आएका विभिन्न विधेयकहरु संसदमा पेश गरे त्यसको शसक्त प्रतिरोध गर्ने तयारी गरेको छ । ‘सरकारले विवादित विधेयकहरु पेश गरेमा हामी संसद चल्न दिदैनौ’, काँग्रेस ससदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले भने, ‘सरकारले सरोकारवालासँग छलफल नै नगरी संसदमा ती विधेयकहरु ल्यायो भने काँग्रेस चुप लागेर बस्दैन, शशक्त प्रतिकार गर्छ ।’

सचेतक खाणले कतिपय विधेयकहरु संविधानसँग नै बाझिने गरी ल्याइएको भन्दै मिडिया काउन्सिल विधेयक, सुरक्षा परिषद विधेयक र मानवअधिकार आयोग जस्ता विधेयकको आफुहरुले विरोध गर्ने बताए । – रातोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*