प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन विमानस्थल छिरेका दुईजना पक्राउ

ए वान डेस्क
१ असार २०७६, आईतवार ११:०१

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन पुगेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आठ दिने युरोप भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।

आइतबार बिहान १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्रीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरू विमानस्थल पुगेका थिए।

जेठ २५ प्रधानमन्त्री ओली स्विट्जरल्याण्डको जेनेभा गएका थिए। त्यहाँ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) शतवार्षिकी समारोहलाई सम्बोधन गरेका थिए। त्यसपछि उनी बेलायत गएका थिए। बेलायतमा रहँदा प्रधानमन्त्रीले समकक्षी थेरेसा मेसँग दुई पक्षीय भेटवार्ता गरेका थिए।

बेलायत भ्रमण सकेर प्रधानमन्त्री ओली रेल चढेर फ्रान्स आएका थिए। त्यहाँ पनि उनी विभिन्न कार्यक्रममा सहभागी भएका थिए। ओलीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टलगायत पनि सहभागी थिए।

उनलाई कालोझण्डा देखाउन विमानस्थल पुगेका तरुण दलका दिनेश बिक्रम शाहसँगै दुईजनालाई पक्राउ गरिएको हो ।

उनीहरु कालोझण्डासहित विमानस्थल प्रवेश गरेको थाहा पाएपछि प्रहरीले पक्राउ गरेको हो । – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*