संसदमा जवाफ दिन गएनन् प्रधानमन्त्री ओली

ए वान डेस्क
१० असार २०७६, मंगलवार १४:२१

प्रधानमन्त्री केपी शर्मा ओली संसदमा जवाफ दिन अनुपस्थित भएका छन् ।

मंगलबार मन्त्रालगत रुपमा विनियोजन गरिएको बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री आफै उपस्थित हुनुपर्ने भए पनि उनको सट्टा अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिएका छन् ।

खतिवडा मन्त्रिपरिषदका १६औँ बरियताका मन्त्री हुन् । संसदमा दुई उपप्रधानमन्त्रीसहित अरु वरिष्ठ मन्त्रीहरु उपस्थित भए पनि ओलीले खतिवडालाई नै जवाफ दिन निर्देशन दिएको स्रोतको भनाई छ।

मंगलबार प्रधानमन्त्री ओेलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित रहेर उठेका प्रश्नको जवाफ दिने गरी संसद सचिवालयले कार्यसूचि सार्वजनिक गरेको थियो ।

युरोप भ्रमण र समसामयिक विषयमा संसदलाई जानकारी गराउन असार ३ गते पुगेका प्रधानमन्त्री ओलीलाई विपक्षी कांग्रेसले सदन अवरोध गरेर बोल्न नदिएपछि उनी संसद गएका छैनन् । मंगलबार अरु विशेष कार्यक्रम नभए पनि प्रधानमन्त्री ओलीले संसद छलेका हुन् । – देश सञ्चार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*