राष्ट्रिय सभा गठनको संवैधानिक व्यवस्था के ?

ए वान डेस्क
१० माघ २०७४, बुधबार २०:४२

राष्ट्रिय सभा एक स्थायी सदन हो। नेपालको संविधान २०७२ को धारा ८६ मा राष्ट्रिय सभाको गठन र सदस्यको पदावधिको व्यवस्था गरिएको छ। राष्ट्रिय सभामा ५९ सदस्य रहनेछन्। ५६ जना निर्वाचित हुनुपर्छ भने तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तीमा एक जना महिलासहित तीनजना हुन्छन्। राष्ट्रिय सभाको अवधि ६ वर्षको हुनेछ।

संघीय कानुन बमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी प्रदेश प्रदेशबाट कम्तीमा तीनजना महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठजना गरी निर्वाचित सदस्य ५६ जना छान्ने छ।

राष्ट्रिय सभाको पदावधि ६ वर्षको भए पनि सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ। १९ जनाको दुई वर्षे कार्याकाल हुनेछ। नेपालको संविधान २०७२ प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्षको हुने गरी पदावधि कायम गरिएको छ। यस्तो छ संवैधानिक व्यवस्था :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*