शान्ता चौधरी र करिश्मा मानन्धरले संसद्‍मा पाए बधाइ

ए वान डेस्क
१३ असार २०७६, शुक्रबार १७:१५

एसईईमा उत्तीर्ण भएकी सांसद शान्ता चौधरी र नायिका करिश्मा मानन्धरले संसद्मा बधाइ पाएका छन् ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शून्य समयमा नेकपाका सांसद विशाल भट्टराईले चौधरी र मानन्धरलाई बधाइ दिएका हुन् ।

‘यसै प्रतिनिधि सभाका माननीय शान्ता चौधरी र नेपालकी स्थापित नायिका करिश्मा मानन्धरले राम्रो अंकसहित एसईईमा उत्तीर्ण हुनु भएकोमा बधाइ दिन चाहन्छु,’ सांसद भट्टराईले भने ।

शान्तालाई बधाइ दिँदा नेकपा सांसदहरूले टेबल ठटाएर समर्थन गरे ।

मेहनत गर्नुस् सफल भइन्छ : शान्ता

शून्य समयमै नेकपा सचेतक शान्ता चौधरीले आफूलाई बधाई दिने सबैलाई धन्यवाद दिइन् । साथै उनले आफूसँगै एसईई उत्तीर्ण हुने सबैलाई बधाई पनि दिइन् ।

‘मलाई बधाइ र शुभकामना दिनुहुने सम्माननीय प्रधानमन्त्री लगायत सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु, निराश नहुनुस्, अवश्य सफल हुनुहुनेछ,’ चौधरीले भनिन् । – लोकान्तर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*