सुनको मूल्य ५ सय घट्यो

ए वान डेस्क
१६ असार २०७६, सोमबार १२:००

सुन आज प्रतितोला ५ सय रुपैयाँ घटेको छ।

अघिल्लो दिन ६५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

अन्तर्रा्ष्ट्रिय बजारमा पनि सोमबार सुनको मूल्यमा सामान्य कमी आएको छ। यद्यपी एक महिनामा सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले बढेको छ। जेठ १५ गते प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

अमेरिका र इरानबीचको द्वन्द्वका कारण पछिल्लो समय सुनको मूल्य अन्तर्रा्ष्ट्रिय बजारमा बढेको हो। – सेतोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*