मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोग र दलहरु सहमत

ए वान डेस्क
१६ श्रावण २०७६, बिहीबार १६:१८

निर्वाचन आयोग र राजनीतिक दलहरुबीच आगामी मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने सहमति भएको छ । निर्वाचन आयोगमा विहीबार भएको छलफलमा मंसिरमा उपनिर्वाचन गर्ने सहमति जुटेको हो ।

प्रदेशसभा सदस्यदेखि वडा सदस्यसम्म खाली रहेको स्थानमा उपनिर्वाचन गर्ने विषयमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेको थियो ।

छलफलमा राजनीतिक दलहरुले मंसिरमा चुनाव गर्न उपयुक्त हुने सुझाव आयोगलाई दिएका थिए । दलहरुको प्रस्तावमा आयोगले मंसिरमा उपनिर्वाचन गर्न आयोग तयार रहेको जनाएको छ ।

उपनिर्वाचनका लागि तयारी भइरहेको बताउँदै मंसिरमा उपचुनाव गर्न कुनै समस्या नरहेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए । ‘मंसिरमा निर्वाचन गर्न कुनै समस्या छैन’ प्रवक्ता खरेलले भने,‘आयोगले तयारी गरिरहेको छ । सरकारसँग छलफल गरेर यो विषयमा टुंगोमा पुग्न सकिन्छ ।’

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तह गरी अहिलेसम्म ५० स्थानमा उपनिर्वाचन गराउनुपर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*