नेकपा बाराले प्रदेश सरकारलाई बुझायो ११ बुदे ज्ञापन
ए वान डेस्क /
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बाराले बाढीबाट भएको क्षतिको यथार्थ बिवरण संकलन गरी सार्वजानिक गर्न प्रदेश सरकारसंग माग गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई आज ११ ज्ञापन पत्र पेश गर्दै जिल्ला कमिटि बाराले यथार्थ बिवरण संकलन गरी सार्वजनिक गर्न माग गरेको हो ।
जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ र सचिव सुन्दर बिश्वकर्माले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापन पत्रमा ११ बुदे माग समावेश गरिएको थियो । मुख्यमन्त्री राउतलाई जिल्ला कमिटिका अध्यक्ष श्रेष्ठले ज्ञापन पत्र बुझाउनु भएको थियो । मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाउन बाराबाट नेकपाको जम्बो टोलि मुख्यमन्त्री कार्यालय पुगेको थियो ।
यसअघि हिजो नेकपा बाराले बाराका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकष्र्ण गराएको थियो ।
यस्तो छ नेकपा बाराले बुझाएको ज्ञापन पत्र
माननीय मुख्यमन्त्री ज्यू,
प्रदेश नम्बर २, मन्त्रीपरिषदको कार्यालय
जनकपुर, धनुषा
बिषय : ज्ञापन पत्र सम्बन्धमा ।
हालै परेको अविरल वर्षाको कारणले यस जिल्लाका लाल बकैया, अडुवा, जमुनी–तियर, थलही, पसहा, बालगंगा, दुधौरा, सरिसवा, शक्तिखोला नदीहरुमा आएको भीषण बाढीबाट यस बारा जिल्लामा भएको जनधनको क्षति प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बाराको गम्भीर ध्यानकार्षण भएको छ ।
यस प्राकृतिक विपद बाट तिन जनाको दुखद मृत्यू भएको र जीतपुरसिमरा एवं कलैया उपमहानगरपालिका, पचरौता, कोल्हवी, निजगढ, महागढिमाई एवं सिम्रौनगढ नगरपालिका तथा देवताल, परसौनी, बिश्रमपुर, करैयामाई, फेटा, सुवर्णलगायतका विभिन्न गाउ“पालिकाका गाउ“–नगरहरुमा बाढीबाट कटान, डुबान भई करोडौको भौतिक संरचनाहरु ध्वस्त भएको र कृषिमा धेरै ठूलो क्षति भएको छ ।
यस विपदमा सर्वप्रथम कलैया उप–महानगरपालिका वडा नम्बर २ अवधापुरकी पुजा राम, वडा नम्बर १३ बलिरामपुरका अजीत गोड, परवानिपुर गाउ“पालिका वडा नम्बर ८ का बिक्की यादवको मृत्यु हुन गएकोमा मृतकहरु प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछौं । पीडित परिवारजन प्रति गहिरो सहानुभुति प्रकट गर्दछौ । विपदमा परेकालाई तत्काल उद्धार, राहत अनि पुनः व्यबस्थापन चाहिन्छ । यस मानवीय कार्यमा कुनै पक्षपात, भेदभाव नगरियोस् । तसर्थ तपसीलका मागहरु सहित हामी यो ज्ञापन पत्र प्रस्तुत गरेका छौं । साथै यस बिषयमा तत्काल प्रदेश सरकारको ध्यान जाओस् ।
मागहरु :
१. क्षतिको यथार्थ बिवरण संकलन गरी सार्वजानिक गरियोस ।
२. मृतक परिवारलाई उचित क्षतिपूर्ति दिईयोस ।
३. घाईतेहरुको निशुल्क उपचार गरियोस ।
४. राहत स्वरुप संकलित रकमको बिना पक्ष्ँपात वितरण गरियोस ।
५. बर्षेनी आईरहने प्राकृतिक बिपदबाट जोगिनका लागी पूर्वतयारीको अभावदेखिएकोले दिगो व्यबस्थापनका लागि तत्काल एउटा अधिकार सम्पन्न “ प्राकृतिक विपद व्यबस्थापन प्राधिकरण ” गठन गरियोस ।
६. बाढी पहिरोको मूल कारण चुरेको दुरुपयोग भएकोले चुरे संरक्षणका लागि उचित बैज्ञानिक तरीका अपनाई तदरुकताका साथ पहलकदमी लिईयोस ।
७. डुवानको कारण भारतीय सीमावर्ती क्ष्ँेत्रमा बनाईएका बांध लगायत विभिन्न संरचनाहरु समेत रहेकाले यस बारे दुवै देश वीच छलफल गरी दीर्घाकालिन समाधानका उपायहरु अवलम्बन गरियोस् ।
८. पीडित परिवारलाई राज्यको तर्फबाट उचित रहत् उपलब्ध गराईयोस् ।
९. पीडित किसानहरुको ऋण मिनाहा गरियोस् ।
१०. किसानहरुलाई खादमल उचित मुल्यमा तत्काल उपलब्ध गराईयोस् ।
११. नदी नियन्त्रणमा वढी जोड दिईयोस ।























