कुलमानको चमत्कार : प्राधिकरण ७ अर्ब नाफामा, चुहावट १५ प्रतिशतमा झर्यो

नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ ।
सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५–७६ मा ७ अर्ब २० करोड नाफा भएको बताउनुभयो । आर्थिक वर्ष २०७४–७५ मा साढे २ अर्ब मात्र नाफा भएको थियो । यो तुलना गर्दा २०७४–७५ मा भन्दा १४९ प्रतिशतले धेरै हो ।
यस्तै ब्याज र रोयल्टी गरी गएको आर्थिक वर्षमा प्राधिकरणले १५ अर्ब ५९ करोड रुपैयाँ राष्ट्रिय ढुकुटीमा जम्मा गरेको छ ।
यस्तै चुहावट पनि १५.३२% मा झरेको छ । यो अघिल्लो वर्ष भन्दा ५.१३ प्रतिशतले कमी हो । आव २०७४–७५ मा चुहावट २०.४५% रहेको थियो ।
यस्तै गत वर्ष ७ अर्ब ५५ करोड युनिट बिजुली खपत भएको छ । यसमध्ये प्राधिकरणको ३४%,निजी उत्पादकको २९% र भारतबाट ३७ प्रतिशत आयात भएको छ ।
यस्तै अहिलेसम्म ७८% अर्थात ४५ लाख नागरिकको घरमा बिजुली पुगेको छ । गत वर्ष मात्रै १०% ग्राहक बढेका छन ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब प्राधिकरणमा धेरै सुधार भएको र अब पछाडि नजाने बताउनुभयो ।