प्रदेसभा सदस्यमा निर्वाचित ज्वाला शाहसंग पहिलो अन्तरवार्ता

बारा क्षेत्र नम्बर ३ को क प्रदेसशभा सदस्यमा निर्वाचित ज्वाला शाहसंग सहकर्मी विकाश पाण्डेले गर्नुभएको कुराकानी ।

बधाई छ ज्वाला जि ।
धन्यवाद, तपाईलाई ।
कस्तो महशुस गर्दे हुनुहुन्छ ?
सबैको साथ र सहयोगले मैले आज प्रदेशसभा सदस्यको चुनाव जितेको छु । म धेरैनै खुशि छु । त्यसकारण यस क्षेत्रका जनता, आमा बुबा दाजु भाई दिदि बहिनि लगायत सबैलाई फेरीपनि धन्यवाद दिन चाहन्छु ।

अब निर्वाचित भएपछि तपाई पहिलो काम के गर्नुहुन्छ ?
म सबैभन्दा पहिले मलाई अमुल्य मत दिएर जिताउनुहुने सबैलाई धन्यवाद दिन्छु । किनभने उहाहरुले मलाई माया गर्नुभएको छ र पो म यहा सम्म आईपुगेको छु ।

चुनाव जित्नुभयो, अब चुनावी एजेण्डा कसरी पुरा गर्नुहुन्छ ?
यहाका सबै जनतालाई थाहा छ की म बोलेपछि सबै कुरा पुरा गर्छु । मैले चुनाव अघिपनि भनेको थिए की सबैभन्दा पहिले त म रामनगर र जैतापुरको बिचमा पर्ने पसाहा खोलामा पुल निमार्ण गर्छु भनेर । अनि यस क्षेत्र भित्र पर्ने बिभिन्न नदि तटबन्धनको काम गर्नेछु । राम जानकी मन्दिर, काटघाट मन्दीरको बिकास गर्नेछु । यस क्षेत्रमा ५० शैयाको अस्पताल बनाउनेछु । बिशेष गरी उत्तरी क्षेत्रमा देखापरेको सुकुम्बासी समस्या समाधानको निम्ति पहल गर्नेछु । अन्य बिकास निमार्णका काम त छदैछन् । यी सबै समस्याको समाधान गर्न म लागीपर्ने छु ।

अन्त्यमा के भन्नुहुन्छ ?
लामो समय मैले कम्युनिष्ट राजनिति गरेर यो समाज परिवर्तन गर्न सघर्ष गरे । मैले यो भन्दा अगाडीपनि सासंद हुदा होस् या मन्त्री हुदा होस् यो क्षेत्रलाई मात्र नभएर समग्र बारा र बाराभन्दा बाहिरपनि सकेसम्म काम गरेको छु र पहल पनि गरेको छु । अब मेरो योजना भनेको यो क्षेत्रलाई सबै दृष्टिकाकोणले समृद्ध र सम्पन्न क्षेत्र बनाउने हो । र अब म यही क्षेत्रको निम्ति केन्द्रित हुनेछु र तपाईको सुख दुख अनि बिकास निमार्णको काममा हरपल तपाईसंगै रहनेछु । त्यसकारण फेरीपनि मलाई अमुल्य मत दिएर जिताउनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु ।

You might also like