नेपाली काग्रेसले सिमरामा भोलि बिरोध कार्यक्रम गर्ने

ए वान डेस्क
१२ पुष २०७७, आईतवार १८:३७

ए वान डेस्क /

संसद विघटन विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाली काग्रेसले भोलि बाराको सिमरामा बिरोध कार्यक्रम गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेको बिरोधमा काग्रेसले भोलि बिरोध कार्यक्रम गर्न लागेको हो ।

नेपाली काग्रेस जीतपुरसिमरा नगर कार्य समितिले आयोजना गरेको बिरोध कार्यक्रम बिहान ११ बजेदेखि शुरु हुने नगर सभापति श्यामबाबु गुप्ताले ए वान समाचारलाई जानकारी दिनुभयो । सिमरा चोकमा हुने बिरोध कार्यक्रममा सहभागि हुन नगर सभापति गुप्ताले सबैलाई अपिल गर्नुभयो ।

‘प्रतिनिधिसभा विघटन गर्ने केपि ओलि सरकारले गरेको निर्णय विरुद्ध हामीले बिरोध कार्यक्रम गर्न लागेका हौ, त्यसकारण राष्ट्र र राष्ट्रियताको पक्षमा हुन लागेको बिरोध कार्यक्रममा सहभागि हुन म सबैलाई अपिल गर्दछु’ नगर सभापति गुप्ताले भन्नुभयो । संसद विघटनकै बिरोध प्रचण्ड माधव पक्ष समुहले पनि आज बारामा बिशेष भेला आयोजना गरेको थियो ।

सदरमुकाम कलैयामा आयोजित भेलाले सरकारको निर्णय असंवैधानिक भएको भन्दै ब्यापक बिरोध जनाएको थियो । संसद विघटनका विरुद्धमा सर्वोच्च अदालतमा एक दर्जन बढी रिट परेका छन् । जसको बुधबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*