चर्चित लोक दोहोरी गायक मिलन लामा आज अमलेखगञ्ज आउने

ए वान डेस्क
२५ फाल्गुन २०७७, मंगलवार ११:०४

ए वान डेस्क /

नेपालका चर्चित लोक दोहोरी गायक मिलन लामा आज बाराको अमलेखगञ्ज आउने भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा जारी अमलेखगञ्ज रमाईलो मेला २०७७ मा आफ्नो प्रस्तुती देखाउन लामा आज अमलेखगञ्ज आउन लागेका हुन् ।

द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्जको आयोजनामा भएको मेलाको छैठौ दिन चर्चित गायक लामा आउने भएका हुन् । लामाको प्रस्तुती साझ ७ बजेदेखि शुरु हुने आयोजक संस्थाका अध्यक्ष बिमल खड्गीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

साथमा आज मेलामा चर्चित गायक देवेन्द्र कार्की सहित डान्सहरुले बिशेष प्रस्तुती देखाउने खड्गीले बताउनुभयो । मेलामा प्रदेश मिडिया प्रा.लि सिमरा सह आयोजक रहेको छ ।

फागुन २० गतेदेखि शुरु भएको चैत्र १ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*