‘जीतपुरसिमरा गोल्डकप’ लाई संतोष देउजाले दिए एक लाख

ए वान डेस्क
२५ फाल्गुन २०७७, मंगलवार ११:३३

ए वान डेस्क /

चर्चित सञ्चारकर्मी संतोष देउजाले बाराको सिमरामा हुने जीतपुरसिमरा गोल्डकपलाई एक लाख रुपैया सहयोग गरेका छन् । । नव जानजागृती युवा क्लब सिमराले आयोजना गर्ने गोल्डकपलाई चर्चित सञ्चारकर्मी देउजाले एक लाख सहयोग गरेका हुन् ।

एक दशक भन्दा बढि समय सिमरालाई कर्मथलो बनाएर पत्रकारीता क्षेत्रमा सक्रिय भएका देउजाले हिजो आयोजक क्लबलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् । जीतपुरसिमरा गोल्डकपको सचिवालयमा हिजो आयोजित एक कार्यक्रमकाबिच देउजाले क्लबका अध्यक्ष रामचन्द्र लामालाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

क्लबका पदाधिकारीहरुको उपस्थितिमा भएको चेक हस्तान्तरण कार्यक्रममा बोल्दै देउजाले आफुले सिमरा छाडेपनि सिमरालाई भुल्नै नसक्ने बताउनुभयो । ‘मलाई ’म’ बनाएको प्यारो कर्मभुमी बाराको सिमरामा हुन गईरहेको ११अ‍ेों जीतपुरसिमरा गोल्डकप सफलता पुर्वक सम्पन्न गर्न रु. १ लाख व्यक्तिगत रुपमा सहयोग रकम हस्तान्तरण गर्ने अवसर प्राप्त भयो’ उहाले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*