बाराबाट क–कसले के–के पाए एमालेको जिम्मेवारी ?
ए वान डेस्क /
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले नेताहरुको कार्यभिजान गरेको छ । कार्यविभाजनअनुसार २६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।
जस अनुसार बाराका दुई नेतालाई बिशेष जिम्मेवारी दिईएको छ । नेकपा माओवादी केन्द्रबाट बर्खास्त भएकी नेतृ ज्वाला कुमारी साहलाई प्रदेश नम्बर २ को अध्यक्षको जिम्मेवारी दिईएको छ । त्यसबाहेक पनि साहलाई एमाले बाराको ईन्चार्ज बनाईएको छ । नेकपा एमालेमा प्रवेश भएपछि माओवादी केन्द्रले साहलाई पार्टीबाट निष्काशन गरेको थियो ।
यसैगरी बाराकै अर्का नेता अच्युत मैनालीलाई पनि एमालेले बिशेष जिम्मेवारी दिएको छ । प्रदेश नम्बर २ को सह ईन्चार्जको जिम्मेवारी एमालेले मैनालीलाई दिएको हो ।
त्यसबाहेक मैनालीलाई पर्साको ईन्चार्ज पनि बनाईएको छ ।























