बारामा वाईसीएलद्धारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
ए वान डेस्क /
नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले बारामा राष्ट्रपति बिद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलिको पुत्ला दहन गरेको छ । संसद बिघटनको बिरोधमा योङ कम्युनिष्ट लिग (वाईसीएल) ले जिल्लाका बिभिन्न स्थानमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
असंवैधानिक कदमको बिरोधमा जिल्लाको कलैया, पर्सौनी, सिम्रौनगढ, आर्दशकोत्वाल र अमलेखगञ्जमामा एकैसाथ राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको योङ कम्युनिष्ट लिग (वाईसीएल) बाराका संयोजक अर्जुन शर्माले ए वान समाचार डटकमलाई जानकारी दिनुभयो ।























