प्रदेश २ : कांग्रेस र माओवादी सरकारमा सहभागी हुँदै, शपथको तयारी

ए वान डेस्क
२७ जेष्ठ २०७८, बिहीबार ०९:४०

प्रदेश २ मा नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने भएका छन्। मुख्यमन्त्री कार्यालयको उच्च स्रोतका अनुसार केहीबेरमा शपथ गराउने तयारी भइरहेको छ।

स्रोतका अनुसार नेपाली कांग्रेसबाट तीनजना र माओवादी केन्द्रबाट दुईजना मन्त्रीसहित मन्त्रिमण्डल विस्तार गर्न लागिएको हो।

कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव नेतृत्वमा तीन र माओवादीबाट संसदीय दलका नेता भरत साहको नेतृत्वमा दुई नेता सरकारमा सहभागी हुनेछन्।

यादवले भौतिक योजना मन्त्रालय पाउने सम्भावना छ। जनता समाजवादी पार्टी (जसपा) को ठाकुर-महतो पक्षका भौतिक योजना मन्त्री जितेन्द्र सोनललाई मुख्यमन्त्रीले हटाएपछि मन्त्रालय खाली छ।

बाँकी मन्त्रीलाई कुन मन्त्रालय दिने भन्ने तय हुन बाँकी रहेको छ। मुख्यमन्त्री कार्यालयमा अहिले मन्त्रालय भागबन्डाको विषयमा छलफल भइराखेको छ।

केही मन्त्रालय फुटाउने सहमति भएपनि कुन मन्त्रालय फुटाउने भन्ने टुंगो लागेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*